
काठमाडाैं -सरकारले नागरिकका लागि सामाजिक सुरक्षावापत भत्ता दिने व्यवस्था गर्न लागेको छ । यसका लागि नयाँ विधेयक तयार पारिएको छ ।
नेपालको संविधानको धारा ४३ मा रहेको सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्थालाई मध्यनजर गरी यस्तो विधेयक ल्याउन लागिएको हो । उक्त धारामा आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई सामाजिक सुरक्षाको हक हुने उल्लेख छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले हस्ताक्षर गरेको उक्त विधेयकमा कुनै नागरिकले यस्तो सुरक्षा नलिने घोषणा गरेमा उसलाई स्थानीय तहले सम्मान गर्ने र ढाँटेर लिनेलाई सजाय हुने ब्यवस्था गरिएको छ । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।