
काठमाडौं, १० फागुन — १५ दिन देखि बस्न नसकेको व्यवस्थापिका संसदको बैठक आज दिउँसो एक बजे बस्ने भएको छ । सरकारले विजनेस दिन नसकेका कारण बस्न नसकेको संसद बैठक आज बस्न लागेको हो ।
नेताहरुका अनुसार संसदमा दर्ता भएको संविधान संशोधन विधयकमा सैद्धान्तिक छलफल हुने सम्भावना रहेको छ । तर सचिवालयले संभावित कार्यसुचीमा संशोधनको विषयलाई राखेको छैन ।
यस अघि संविधान संशोधन विधयकमा एमालले विरोध जनाउँदै आएको थियो । सैद्धान्तिक रुपमा अहिले पनि एमालले संशोधनमा विरोध जनाइरहेको छ ।
तर आज चाहिँ एमालेले संसद चल्न दिन सक्ने विश्लेषण गरिएको छ । केही दिन अघि देखि पहिले चुनावको मिति घोषणा हुनुपर्ने माग गर्दै आएको एमालेले चुनावको मिति घोषणा गरि सकेको अवस्थामा संसद चल्न दिन सक्छ ।