१५ असार २०८३, सोमबार

बिम्स्टेक सम्मेलन, नेपाललाई तीन अवसर

भदौ १७, २०७५
बिम्स्टेक सम्मेलन, नेपाललाई तीन अवसर

काठमाडौं। काठमाडौंमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले नेपाललाई महत्वपूर्ण तीन वटा अवसरको ढोका खोलिदिएको छ । भूपरिबेष्ठित नेपालका लागि उर्जा व्यापारको विविधिकरण र विस्तार, कनेक्टिभिटीमा विविधता र पर्यटनमा समेत बढावा हुने गरी सम्भावनाका ढोकाहरु खुलेको हो ।

नियमित रुपमा हुनुपर्ने शिखर सम्मेलन ४ वर्षको अन्तरालमा बिहीबार र शुक्रबार काठमाडौंमा सम्पन्न भएको थियो । सम्मेलनले कनेक्टिभिटी, विद्युत र पर्यटनका क्षेत्रमा नेपालले लाभ लिन सक्ने गरी ढोका खोलिदिएको परराष्ट्रविद हिरण्यालाल श्रेष्ठ बताउँछन् ।
बिम्स्टेकको चौथो शिखर सम्मेलनले १८ बुँदे घोषणापत्र जारी गरेको छ भने विद्युत आदान प्रदानसम्बन्धी ग्रिड कनेक्टिभिटी सम्बन्धी समझदारी गरेको छ । समझदारी कार्यान्वयनसँगै नेपालको उर्जा विविधिकरण र विस्तार हुन पुगेको हो । परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ बिस्म्टेकलले नेपालको उर्जा बंगलादेशदेखि अन्य एसियन राष्ट्रहरुसँग पनि बेच्न सकिने गरी बाटो खुलेको बताउँछन् । ‘नेपालले तीन वर्षपछि विद्युत बेच्न सक्ने क्षमता राखेको छ, बिम्स्टेकले त्यसका लागि भारत मात्र नभएर बंगलादेश हुँदै अन्य एसियन राष्ट्रहरुसम्म पुग्ने बाटो खोलिदिएको छ ।’ उनले भने, राजधानी दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्