
काठमाडौको प्रर्दशनीमार्ग बाल्मिकी क्याम्पस अगाडी गएराती सवा ९ बजे, बा ७४ प २९६ नम्बरको मोटरसाइकलको ठक्करबाट २ जना पैदलयात्री घाइते भएका छन् ।
काठमाडौं घट्टेकुलो बस्ने सुनसरी ईवरुवा नगरपालीका ७ की २६ बर्षीया रंजिता अधिकारी र उनीकी ६ बर्षीया छोरी परि अधिकारी घाइते भएका हुन् । घाइते दुवैको मोडेल अस्पताल बागबजारमा उपचार भैरहेको छ ।