१३ असार २०८३, शनिबार

कालीगण्डकीको कटानले जाेखिममा जोमसोम बजार, संरक्षणका लागि ३२ करोड लाग्ने

कालीगण्डकीको कटानले जाेखिममा जोमसोम बजार, संरक्षणका लागि ३२ करोड लाग्ने

मुस्ताङ– कालीगण्डकी नदीको कटानका कारण मुस्ताङको सदरमुकाम जोमसोम बजार जोखिममा परेको छ । 

अधिक वार्षका कारण उक्त नदीमा पानीको सतह बढेर बस्तीतर्फ कटान गर्न थालेकाले जोखिम बढेको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताइन् । उनका अनुसार घरपझोङ गाउँपालिकाकोक जोमसोम, पुथाङ एयरपोर्ट, स्याङ र मार्फाको बस्ती नदीले कटान गर्दा छेउछाउमा रहेका करीब एकसय घरका साथै सरकारी कार्यालय भवनसमेत जोखिममा परेका छन् । 

कटान नियन्त्रण गरी जोमसोम बजार संरक्षणका लागि सर्वेक्षण गरी दीर्घकालीन योजनाका लागि प्रदेश र सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयमा प्रस्ताव गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिइन् । 

प्रारम्भिक प्राविधिक अध्ययनअनुसार जोमसोम बजार संरक्षणका लागि रु ३२ करोड लाग्ने अनुमान गरिएको छ । गाउँपालिकाले गरेको प्रस्तावलाई महत्वका साथ सङ्घीय र प्रदेश सरकारको योजनामा समावेश गराउन पहल गरिएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्