१४ असार २०८३, आइतबार

प्रियंका चोपडाका ससुराको कम्पनी टाट पल्टिने सुरमा

प्रियंका चोपडाका ससुराको कम्पनी टाट पल्टिने सुरमा

काठमाडौं — बलिउड अभिनेत्री प्रियंका चोपडाका ससुरा हुन लागेका पल जोनासको कम्पनी टाट पल्टिन लागेको छ । 

पल निर्माण तथा घरजग्गा कम्पनीका मालिक हुन् र कम्पनी न्यु जर्सीमा छ । टीएमजीको रिपोर्टअनुसार, पलको यो कम्पनीको दश लाख डलरभन्दा बढी ऋण छ । त्यसमा २६८ हजार डलरको जरिवाना पनि संलग्न छ जुन पलको कम्पनीले केस हारेपछि जम्मा गर्नुपर्ने हुन्छ । 

ऋणबाट मुक्ति पाउनका लागि पलले आफ्नो कम्पनीसहित केही सम्पत्ति बेच्ने योजना बनाएका छन् ।

त्यसो त पलका तीनै छोराहरूले धेरै पैसा कमाएका छन् र पलको कम्पनी बिक्नबाट बचाउन सक्छन् । 

सेलेब्रिटी नेट वर्थको एक रिपोर्टमा निकको नेट वर्थ दुई करोड पचार लाख डलर छ, केभिनको दुई करोड डलर र जोको एक करोड ८० लाख डलर छ । अनि कान्छा छोरा फ्र्यांकीको पनि ३० लाख डलर छ । 

सन् २०१३ मा जोनास दाजुभाइले ब्यान्ड बन्द हुनुअघि संसारभरि लाखौं एल्बम बेचेर बेस्सरी पैसा कमाएका थिए । 

प्रियंकासँग पनि ७५ करोड भारु सम्पत्ति छ । सन् २०१६ को जुन १ गतेदेखि सन् २०१७ को जुन १ सम्म उनको कमाइको रिपोर्ट यो हो । प्रियंका फोर्ब्सको सन् २०१७ को मोस्ट पावरफुल वुमनको सूचीमा ९७ नम्बरमा थिइन् । 

प्रियंका छिट्टै हलिउडका ठूला प्रोजेक्टमा देखिँदैछिन् । त्यसपछि उनको इन्टरनेसनल भ्याल्यु बढ्नेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्