१५ असार २०८३, सोमबार

दोस्रो विश्वयुद्धमा जर्मनीसँग हारेको पोल्यान्डले माग्यो ८५० अर्ब डलरको क्षतिपूर्ति

दोस्रो विश्वयुद्धमा जर्मनीसँग हारेको पोल्यान्डले माग्यो ८५० अर्ब डलरको क्षतिपूर्ति

काठमाडौं — पोल्यान्ड सरकारले दोस्रो विश्वयुद्धमा जर्मन सैनिकहरूले ५३ अर्ब डलर नोक्सान गरिदिएको दाबी गरेको छ । त्यसैले जर्मन सरकारले युद्धको क्षतिपूर्तिस्वरूप पोल्यान्डलाई ८५० अर्ब डलर दिनुपर्ने उसको भनाइ छ । 

सन् १९३९ को सेप्टेम्बर ३ मा जर्मनीले पोल्यान्डलाई आक्रमण गरेपछि दोस्रो विश्वयुद्ध शुरू भएको थियो । हिटलरको नाजी सरकारले पोल्यान्डमा कब्जा गरेको थियो । सन् १९४५ मा युद्ध सकिँदा पोल्यान्डका लगभग ६० लाख मानिस मारिएका थिए । 

पोल्यान्डका नेता अर्काद्युज मुलारजाइकले भने, ‘जर्मनीसँग हामीले मागेको रकम ठूलो छ र त्यो माग जायज छ । युद्धअपराधको क्षतिपूर्तिस्वरूप हामी पैसा मागिरहेका छौं । त्यतिखेर नाजी सरकारले हाम्रा गाउँ र शहर ध्वस्त पारिदिएका थिए र अर्थव्यवस्था तहसनहस पारिदिएका थिए ।’

उता जर्मनीले चाहिँ पोल्यान्डले क्षतिपूर्ति माग्ने हक नराख्ने किनकि दुवै देशले सन् १९५३ मा एक सन्धिमा हस्ताक्षर गरिसकेको बताए । 

पोल्यान्डको अनुदारवादी सरकारले देशलाई युद्धका कारण भएको नोक्सानीको आँकलन गरेको छ । उसले क्षतिपूर्ति दिनबाट जर्मनीलाई छुट नभएको किनकि युद्धका बेलामा आफू सोभियत संघको अधीन रहेको बताएको छ । 

अघिल्लो वर्ष जर्मनीको संसद्ले पोल्यान्डलाई कुनै पनि क्षतिपूर्ति नदिइने बताइसकेको छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्