१५ असार २०८३, सोमबार

काठमाडौंमा गोली चल्यो, सिटिभी मोबाइलका सञ्चालक फरार

काठमाडौंमा गोली चल्यो, सिटिभी मोबाइलका सञ्चालक फरार

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको सिभिल टोलीले काठमाडौंको सुन्धारामा गोली चलाएको छ । 

सुन्धारास्थित सीटिसी मलमा रहेको एक मोबाइल पसलका सञ्चालकलाई लक्षित गरी प्रहरीको सिभिल टोलीले गोली चलाएको हो । 

प्रहरी स्रोतका अनुसार महानगरीय प्रहरी परिसरको सिभिल टोलीका प्रहरी नायव निरीक्षक (सई) लोकेन्द्र पण्डितले गोली चलाएका हुन् । 

पण्डितले सिटिसी मलको पहिलो तलामा रहेको सीटिभी मोबाइल प्रालिका सञ्चालक किसान राईलाई लक्षित गरी गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । 

प्रहरीले गोली चलाएपछि सीटिभी मोबाइलका सञ्चालक राई फरार भएका जनाइएको छ । सीटिभी मोबाइल राजधानीको विभिन्न ठाउँमा शाखा भएको कम्पनी हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले एक अभियुक्तलाई नियन्त्रणमा लिन खोज्दा सामान्य ‘हुल हुज्जत’ भएको बताए । प्रहरीले गोली नचलाएको लामाको दावी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्