
काठमाडौं — न्युजील्यान्ड सरकारले बिरालो पाल्नबाट प्रतिबन्ध लगाउने योजना बनाएको छ । त्यहाँको एक गाउँमा अब मानिसले बिरालो पाल्न पाउँदैनन् ।
न्युजील्यान्डको ओमाउई गाउँमा बिरालोमाथि प्रतिबन्ध लगाउने योजना ल्याइएको छ । यी गाउँमा बिरालो भएका मानिसको बिरालो खोसिनेछैन तर त्यो बिरालो मरेपछि अर्को ल्याउन भने पाइनेछैन ।
न्युजील्यान्डको त्यो भागमा चराहरू संख्या लगातार घटेकाले यसो गर्नुपरेको हो ।
चरा घट्नुमा बिरालो नै प्रमुख कारण भएको मानिएको छ । बिरालोले चरा भेट्यो कि खाइदिने गरेकाले उनीहरूको संख्या घटेको हो ।
चराहरूका अनेक प्रजाति लोप हुन लागेका छन् । त्यसैले उक्त क्षेत्रमा बिरालोमाथि प्रतिबन्ध लगाइने भएको हो ।
जैविक विविधताविज्ञले परिस्थिति नियन्त्रणबाहिर पुगिसकेको बताए । यसमा ध्यान नदिइएमा चराका अनेक प्रजाति नष्ट हुने उनको भनाइ छ ।
चराको प्रजाति नष्ट हुँदा सीधै इकोसिस्टममा प्रभाव पर्छ । यसले खेतीमा पनि प्रभाव पर्छ र पानी कम पर्न थाल्छ ।
एजेन्सी