![सुदूर र मध्यपश्चिममा मनाइने गौराको रौनक टुँडिखेलमा [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/gaurajj_rUK4K9zokC.jpg)
काठमाडौँ - उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमबासीले आज गौरा पर्व मइरहेका छन् । दुबोकोसमेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । काठमाडौंको टुडिखेलमा आज विभिन्न कार्यक्रम आयोजना गरि उपत्यकामा रहेका सुदुरपश्चिमबासीले गौरा पर्व मनाइरहेका छन् ।
मध्य रातमा कृष्ण पक्षको अष्टमी तिथि रहेका दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । गौरा पर्व भने सूर्योदयकालमा अष्टमी तिथि रहेका दिन मनाउने गरिन्छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु भएको किम्वदन्ती छ ।
गौरापूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ ।


















