१७ असार २०८३, बुधबार

इंग्ल्यान्डका लागि सर्वाधिक रन बनाउने कूकले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

इंग्ल्यान्डका लागि सर्वाधिक रन बनाउने कूकले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडौं — इंग्ल्यान्डका कीर्तिमानी ब्याट्स्म्यान एलेस्टर कूकले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । 

पूर्व कप्तान कूकले सन् २००६ मा डेब्यु गरेदेखि १२ हजार भन्दा बढी टेस्ट रन र ३२ वटा शतक बनाएका छन् । 

कूकको फर्म हालैको समयमा खस्किएको थियो । अस्ट्रेलिया, पाकिस्तान र भारतविरुद्धका खेलमा उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । 

इंग्ल्यान्डले भारतविरुद्धको टेस्ट शृंखला जितेको भएपनि कूकले सात इनिङमा जम्मा १०९ रन बनाउन सकेका थिए । 

भारतविरुद्धको शृंखलाको अन्तिम म्याच शुक्रवारदेखि शुरू हुँदैछ र कूकले त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिनेछन् । 

उनले भने, ‘विगत केही महिनायता लामो सोचविचार गरेपछि मैले यो टेस्ट शृंखलापछि संन्यास लिने घोषणा गरेको छु । मेरो लागि यो दुःखद दिन भएपनि मैले देशका लागि गर्नसक्ने सबै गरेको र अब मसँग केही बाँकी नरहेको भन्ने मलाई लाग्छ ।’

कूकले १२ वर्षअघि भारतविरुद्धको डेब्यु म्याचमै शतक प्रहार गरेका थिए । 

उनले इंग्ल्यान्डका लागि कीर्तिमान ५९ टेस्टमा कप्तानी समेत गरेका थिए र गत वर्ष जो रूटलाई कप्तानी सुम्पेका थिए । 

उनी आगामी सीजनमा इसेक्सका लागि काउन्टी क्रिकेट खेलिरहनेछन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्