
काठमाडौं-अन्ततः निजामती कर्मचारीको अवकाश उमेर हद ५८ कायम गरेर संघीय निजामती ऐनको मस्यौदा मन्त्रिपरिषद्मा पठाइएको छ ।
अर्थ, कानुन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बीच भएको लामो छलफलपछि अवकाशको उमेर हद पुनः संशोधन गरिएको हो । ऐनको मस्यौदामा ५८ राखेर मन्त्रिपरिषद्मा पठाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारीको हकमा अनिवार्य अवकाशको उमेर ६० नै कायम गरिएको छ । संघीय मामिलाले तयार गरेको शुरुको मस्यौदामा ५८ राखिएको थियो । मन्त्रालयले सहमतिका लागि अर्थमा पठाउँदा अर्थले अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सुझाव दिएको थियो । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।