२७ असार २०८३, शनिबार

त्रिविमा भद्रगोल–अध्यापककै प्रश्नपत्र किनबेच

भदौ १९, २०७५
त्रिविमा भद्रगोल–अध्यापककै प्रश्नपत्र किनबेच

काठमाडौं– त्रिविको बेथितिबारे आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
पत्रिकाका अनुसार  ०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्‍यो  केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भयो । 

उनले प्रश्नपत्र बाँडेका विद्यार्थीको हात भाँचिएको बहानामा एमए फस्र्ट सेमेस्टर टपरलाई परीक्षा दिन लगाएको प्रमाणसमेत सतर्कता केन्द्रले फेला पार्‍यो  सतर्कता केन्द्रको छानबिन प्रतिवेदनअनुसार ०७२ चैतकै परीक्षामा गणितकै अर्का शिक्षक रामविश्वास साहले आफ्नै सहोदर छोरी–ज्वाइँ अमरनाथ साहको उत्तरपुस्तिका परीक्षण गरे ।
आयोगका वर्तमान अध्यक्ष चैतन्यप्रसाद शर्माकी श्रीमती सीता शर्माको बढुवा प्रकरण त्यस्तै गडबड गरिएको समाचारमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्