०३ असार २०८३, बुधबार

विमान उडाइरहेका पाइलट उडानकै क्रममा सुते, टावरसँग सम्पर्क हुन सकेन

कात्तिक २०, २०७४
विमान उडाइरहेका पाइलट उडानकै क्रममा सुते, टावरसँग सम्पर्क हुन सकेन
काठमाडौं, १० फागुन — भारतको मुम्बईबाट लन्डन गइरहेको जेट एयरवेजले एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्क नगरेका कारण जर्मनीका लडाकु विमानहरूबाट घेरिएको घटना सार्वजनिक भएको छ ।


खबरहरूका अनुसार, एक पाइलट विमानमै सुतेका थिए भने अर्का पाइलटकहाँ गलत फ्रिक्वेन्सीका कारण आवाज नपुगेर उसले केही सुन्न पाएन । त्यसैले एटीसीसँग सम्पर्क गर्न विमान असमर्थ भयो ।

जर्मनीको विमान क्षेत्रमा यो विमानको सम्पर्क एटीसीसँग टुटेको थियो । यसो भएपछि जर्मनीले लडाकु विमानहरूलाई त्यता पठाएको थियो । जेट एयरवेजको यस विमानमा ३०० भन्दा बढी यात्रु थिए ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्