१० असार २०८३, बुधबार

केन्द्रबाट खारेज जिल्लाका कार्यालय प्रदेशले चलाउने

भदौ २०, २०७५
केन्द्रबाट खारेज जिल्लाका कार्यालय प्रदेशले चलाउने

काठमाडौं– सरकारले खारेज गरेका जिल्लास्थित विषयगत कार्यालयले अर्कै स्वरुपमा निरन्तरता पाउने भएका छन् । 
प्रदेश सरकार अन्तर्गत भौगोलोकि बनावटका आधारमा एकदेखि तीन जिल्ला हर्ने गरी कार्यालयले निरन्तरता पाउन लागेका हुन् । 
फरक स्वरुप र भूमिकामा एकदेखि तीन जिल्ला हेर्ने गरी कृषि ज्ञान केन्द्र, तथ्याङ्क कार्यालय, डिभिजन वन कार्यालय, पशु स्वास्थ्य अस्पताल, पूर्वाधार विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ रहने गरी प्रदेश र सङ्घीय सरकारले जिल्लाका गतिविधिलाई क्रियाशिल बनाउन लागेको हो । 
स्थानीय तहको सेवा प्रवाह सम्बन्धी व्यबस्थामा सङ्घीय सरकारका कार्यालयवाहेक जिल्लाका विषयगत कार्यालयका सम्पत्ति, दायित्व, कागजात तथा बजेट गाउँपालिका तथा नगरपालिकामा स्थानान्तरण हुने उल्लेख छ । विषयगत कार्यालका सम्पत्ति दायित्व र कार्य जिम्मेवारी स्थानीय तहमा स्थानान्तरण गरेपछि ती कार्यालय स्वतः खारेज भएको मानिने व्यवस्था छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्