३१ जेठ २०८३, आइतबार

‘वलात्कारी’ जोगाउने एसपीले राष्ट्रपतिबाट पाए जनसेवाश्री

भदौ २०, २०७५
‘वलात्कारी’ जोगाउने एसपीले राष्ट्रपतिबाट पाए जनसेवाश्री

काठमाडौं–बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । 
उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । 
जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । 
गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही गरेको थियो । उनै माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिको हातबाट विभूषण ग्रहण गरेका छन् । आजको नयाँ पत्रिका दैनिकले यसबारे विस्तृत खबर खापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्