
काठमाडौं — प्रेम त धेरैले गर्छन् तर त्यसलाई अभिव्यक्त गर्न सक्दैनन् । बिहेको प्रपोज गरेको पल प्रेमी वा प्रेमिकाका लागि सबभन्दा स्मरणीय क्षण हुन्छ ।
स्कटल्यान्डका एक व्यक्तिले एपिक शैलीमा प्रेमप्रस्ताव गरे ।
युवकको नाम क्रिस गोस्पेल हो र उनी ३० वर्षका भए । उनी एलिदी फ्रेजरसँग प्रेम गर्छन् । प्रेमिकालाई प्रपोज गर्नका लागि उनले एउटा गाईको शरीरमा ‘विल यु म्यारी मी’ अर्थात् ‘मसँग बिहे गर्छौ ?’ भनी लेखे ।
फ्रेजरलाई गोस्पेलको प्रेमाभिव्यक्तिको यो शैली मन पर्यो । उनले तत्कालै हुन्छ भनिन् ।
यो गाई फ्रेजरकै फार्महाउसको हो । फ्रेजरले गाईलाई चारा दिँदा यो प्रस्ताव पढिन् । उनको पछिल्तिर गोस्पेल औंठीका साथ उभिरहेका थिए ।
एजेन्सी