
काठमाडौं — आतंकवादी संगठन अल कायदाका प्रमुख अबु बकर अल बग्दादीको मृत्यु भएको खबर आइरहेको हुन्छ र हरेकपल्ट उनी बाँचेको पुष्टि हुने आधारहरू सार्वजनिक भइरहेका हुन्छन् । अहिलेसम्म बग्दादी मारिएको चारवटा खबर आइसकेका छन् ।
बग्दादी जिउँदै छन् भने कहाँ लुकिरहेका छन् त ?
इराक र सिरियाबाट हिँडेका बग्दादी अफ्रिका पुगेको खबर छ । अफ्रिकाको कुन देश भन्ने चाहिँ खुलेको छैन ।
डेढ वर्षको मौनता र आईएसको ध्वंसपछि बग्दादीको अडियो सार्वजनिक भएको छ । अडियोमा बग्दादी आतंकवादीहरूलाई एकजुट हुन र हार नमान्न प्रेरणा गरिरहेका छन् ।
अमेरिकी हवाई आक्रमणमा बग्दादी मारिएको भनी आएका खबरलाई विश्राम दिनका लागि आईएसले केही दिनअघि उनको अडियो सार्वजनिक गरेको थियो ।
अडियोमा एक व्यक्ति आफूलाई बग्दादी भएको दाबी गर्दै अमेरिकी हवाई आक्रमणपछिको घटनाक्रमको बेलीविस्तार लगाएको सुनिन्छ तर उसले आक्रमणकै उल्लेख चाहिँ गरेको छैन ।
एजेन्सी