
ललितपुर– आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको बडेगाउँ बस्ने एक स्थानीय छन् । पीडित बालिकाको परिचय खुल्ने भएकाले प्रहरीले पक्राउ पर्ने व्यक्तिको नाम खुलाएको छैन ।
भदौ १८ गते (सोमवार) राति ३८ वर्षीय बुवाबाट बलात्कृत भएको भन्दै पीडित बालिकाकी हजुरआमाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
प्रहरीले उनलाई मंगलवार पक्राउ गरेको हो । पक्राउ परेका बावुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त सातदोवाटोले जनाएको छ ।