०२ असार २०८३, मंगलबार

काठमाडाै‌ंमा उत्कृष्ट काम गर्ने १२ प्रहरी पुरस्कृत

काठमाडाै‌ंमा उत्कृष्ट काम गर्ने १२ प्रहरी पुरस्कृत

काठमाडौँ– महानगरीय प्रहरी परिसर काठमाडौँले साउन महिनामा उत्कृष्ट काम गर्ने १२ प्रहरीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । 

परिसरले उत्कृष्ट काम गर्ने प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षक सम्मलाई नगदसहित आज सम्मान गरेको हो । सोअनुसार महानगरीय प्रहरीवृत्त जनसेवा र लैनचौरका प्रहरी नायब उपरीक्षक टेकुनन्द इवालिम्बू र गौतमकुमार केसीलाई संयुक्तरुपमा रु ५० हजार, प्रहरी परिसर काठमाडौँ र वृत्त दरबारमार्गका प्रहरी निरीक्षक अनिलकुमार अधिकारी र जीतेन्द्र श्रेष्ठलाई संयुक्तरुपमा रु ३५ हजार, वृत्त लैनचौर र वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक मीनबहादुर खड्का र पूर्णबहादुर कठायतलाई संयुक्तरुपमा रु २५ हजार प्रदान गरियो । 

यस्तै इलाका प्रहरी कार्यालय फर्पिङ र वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक सुरेन्द्रबहादुर बसेल र विश्वभुषण खड्कालाई संयुक्तरुपमा रु २० हजार, वृत्त दरबारमार्ग र प्रभाग साँखुका प्रहरी हवल्दार किशोरकुमार गोले र रुपबहादुर थापालाई संयुक्तरुपमा रु १५ हजार र वृत्त बालाजु र प्रभाग थलीका प्रहरी जवान कमलप्रसाद देवकोटा र जीवन श्रेष्ठलाई संयुक्तरुपमा रु १० हजार प्रदान गरियो । 

महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल बङ्गलादेश बैंकसँग गरेको सम्झौताबाट स्थापना गरिएको उक्त पुरस्कार काठमाडौँमा उत्कृष्ट काम गर्ने प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक सम्मलाई पुरस्कृत गरिँदै आएको छ । 

उक्त पुरस्कार परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामा र बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले संयुक्तरुपमा वितरण गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्