२६ असार २०८३, शुक्रबार

विजेता खेलाडीलाई एक लाख पुरस्कार

विजेता खेलाडीलाई एक लाख पुरस्कार

पोखरा– गण्डकी प्रदेशले इण्डानेशियामा हालै सम्पन्न एशियाड खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपाललाई रजत पदक दिलाउने पोखराका पाँचजना खेलाडीसहित तीन प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ । 

गण्डकी प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक खेलाडीलाई रु एक–एक लाख र प्रशिक्षकलाई रु २५–२५ हजार पुरस्कारस्वरुप प्रदान गरिने भौतिक पूर्वाधार विकासमन्त्री एवम् सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराए । 

पुरस्कृत हुने खेलाडीमा बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् भने प्रशिक्षक योगश भट्टराई, सानोबाबु सुनुवार र सहप्रशिक्षक शैलेन्द्र राउत रहेका छन् । 
साथै सोही बैठकले सरकारको कार्यक्रम र जनताको सुझावलाई मध्यनजर गर्दै ‘हेल्लो मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन निर्देशिका स्वीकृत गर्नाका साथै कर्मचारी तथा भौतिक पूर्वाधार व्यवस्थापनमा सरकार गम्भीर रहेको प्रवक्ता बस्नेतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्