
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीवार वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष राजबहादुर गुरुङको घरमा मिस्त्रीको काम गरिरहेका बेला करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरी जिल्लाको रानीजवारा गाउँपालिका–४ का ३० वर्षीय रविन्द्र ठाकुर रहेका छन् ।
करेन्ट लागेपछि उपचारको क्रममा स्थानीय देउती अस्पताल ल्याइएको थियो । उनको त्यहाँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी श्यामसिंह चौधरीले बताएका छन् ।