काठमाडौं – साफ च्याम्पियनशिप फुटबल प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।
बंगलादेशमा बिहीवार भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
नेपालका लागि अनन्त तामाङ, सुनिल बल, भरत खवास, निराजन खड्काले एक-एक गोल गरे ।
भुटानका तर्फबाट कुनै गोल हुन सकेन ।
आफ्नो तेस्रो खेलमा शनिवार नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएको थियो ।