२१ जेठ २०८३, बिहीबार

५९ वर्षीया दमन्तीदेवीको हत्या अभियोगमा युवक प्रक्राउ

भदौ २१, २०७५
५९ वर्षीया दमन्तीदेवीको हत्या अभियोगमा युवक प्रक्राउ

लमजुङ  – हत्याको अभियोगमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–१ जीताबेंशीका १९ वर्षीय अशोक दवाडी रहेका छन् । सोही स्थानका ५९ वर्षीया दमन्तीदेवी घिमिरेको हत्या अभियोगमा उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए । 

दमन्तीदेवीको भदौ १३ गते हत्या भएको थियो । धारिलो हतियार प्रहारबाट हत्या भएको भन्ने प्राप्त सूचनाका आधारमा दवाडीलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएका प्रहरीले युवकलाई बुधबार उनकै घरबाट प्रक्राउ गरेको थियो । जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्