२३ जेठ २०८३, शनिबार

प्रदेशमा भएन देखिने एउटै काम, मन्त्री जति सबै गुमनाम

भदौ २२, २०७५
प्रदेशमा भएन देखिने एउटै काम, मन्त्री जति सबै गुमनाम

हेटौंडा–प्रदेश सरकार हाँकिरहेका मन्त्री केन्द्रीय सरकारका मन्त्रीजस्तै अलमलमा पर्न थालेका छन् । नजिकबाट उनीहरूका पछिल्ला गतिविधि नियालिरहेका सर्वसाधारण सन्तुष्ट छैनन् । 
‘भोट दिएर शक्ति र सत्तामा पु¥याइयो तर त्यो अवसर बाँदरलाई लिस्नो जस्तो भयो’–प्रदेश नं ३ का एक सर्वसाधारणले गुनोसो पोख्दै भने –‘मन्त्री हुँदा गुलिया भाषण गरेर चर्का आश्वासन बाँड्नहरुले हामीले देख्ने गरी अहिलेसम्म एउटै काम गर्न सकेका छैनन् । उद्घाटन र सभा सेमिनारमा अतिथि बनेरै बताउँछन् दिन ।’

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफू, आफ्नो परिवार वा निकट व्यक्तिको प्रत्यक्ष ‘निजी स्वार्थसिद्ध हुने खालका काम नगर्ने र नगराउने’ भनी प्रदेश सरकारले स्पष्ट नीति र मापदण्ड तयार गर्ने निर्णय गरेको बताएको धेरै समय बितिसकेको छ ।

प्रदेश–३ को सरकार सञ्चालनका लागि सय भन्दा बढी कानून बन्न आवश्यक छ । तर कानुन निर्माणले अहिलेसम्म उचित गति लिन सकेको छैन । कर्मचारी र भौतिक संरचना अभावको समस्या पनि उस्तै छ । कर्मचारी समायोजन प्रक्रिया सुस्त हुँदा प्रदेश र स्थानीय तहको काम, कारबाही र सेवा प्रक्रियामा बाधा परेको छ । प्रदेश लोकसेवा आयोग र प्रहरी गठनका लागि सरकारको ध्यानै गएको छैन । स्थायी राजधानी कुन ठाउँमा बनाउने भन्ने चर्चा त अझै बाँकी छ । कानुन अभावका कारण केहीमा अन्तरिमकालीन व्यवस्था गरी काम अघि बढाउनुपरेको छ । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्