२८ असार २०८३, आइतबार

प्रचण्ड दिल्लीमा व्यस्त

प्रचण्ड दिल्लीमा व्यस्त
सन्दर्भ तस्वीर

काठमाडौं–भारत भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिल्ली उत्रिए लगत्तै भेटघाटमा व्यस्त भएका छन् । 

बिहीबार दिल्ली पुगेका उनले साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेका छन् । यस्तै शुक्रबार बिहान गृहमन्त्री राजनाथ सिंहसँग उनको भेट तय भएको छ । प्रचण्ड दिउँसो ३ बजे बारखम्बास्थित इन्डिया काउन्सिल अफ वल्र्ड अफेयर्सको ‘लेक्चर सिरिज’मा सहभागी हुने छन् । 

यसैगरी शनिबार साँँझ दाहाल इन्डिया–नेपाल सेन्टरले आयोजना गर्ने भारतका उद्योगी–व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँगको भेट पनि शनिबारकै लागि तय भएको बताइएको छ । 

दिल्ली बसाइक्रममा उनले सत्ताधारी भारतीय जनता पार्टी र विपक्षी दलका नेता तथा बुद्धिजीवीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । प्रचण्डको यसपटकको भ्रमण भारतसँग सम्बन्ध सुमधुर बनाउन केन्द्रित हुने दाबी गरिएको छ । भारतबाट फर्के लगत्तै उनी चीन जाने कार्यक्रम छन् ।

salt training

कमेन्ट गर्नुहोस्