०६ असार २०८३, शनिबार

डलर भाउले महँगिदै दसैं, मूल्यवृद्धि निश्चित

भदौ २२, २०७५
डलर भाउले महँगिदै दसैं, मूल्यवृद्धि निश्चित

काठमाडौं–अमेरीकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैं महँगो हुने भएको छ ।
 आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुदा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने भएपछि नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैं नै महँगोे हुने भएको हो ।
बिहीबार नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी विनियम दरअनुसार एक अमेरीकी डलरको खरिद दर ११४.५१ रुपैयाँ र बिक्री दर ११५.११ रुपैयाँ निर्धारण गरेको छ । २०७० भदौदेखि एक डलरका लागि १ सय रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्ने भएको हो । डलर बलियो हुने क्रम निरन्तर कायम रहेपछि २०७५ मा एक अमेरिकी डलर खरिदका लागि ११५ रुपैयाँभन्दा धेरै खर्च गर्नु पर्ने भएको हो । 

नेपालले विभिन्न १६३ वस्तु आयात गर्दा अमेरीकी डलरमा खरिद गर्नु पर्ने हुन्छ । जसले गर्दा ती वस्तुका कारण मूल्यवृद्धि हुने निश्चित छ । कारोबार दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्