२० असार २०८३, शनिबार

अष्ट्रेलियामा एक नेपालीमाथि लाग्यो ८२ वर्षे वृद्ध कुटपिटको आरोप

अष्ट्रेलियामा एक नेपालीमाथि लाग्यो ८२ वर्षे वृद्ध कुटपिटको आरोप

काठमाडौं–अष्ट्रेलियाको एक वृद्धाश्रममा कार्यरत नेपालीमाथि ८२ वर्षे वृद्धमाथि कुटपिट र दुर्वयवहार गरेको आरोप लागेको छ । 

समाचारअनुसार प्रकाश पौडेल नामका ३५ वर्षे नेपालीले सिड्नीस्थित बुपा एज्ड केयर सिफोर्डमा बस्दै आएका  ८२ वर्षे वृद्धालाई जुत्तैजुत्ताले हानेर उनको टिसर्ट जोडले तान्दै दुर्व्यवहार गरेका हुन् ।

स्थानीय प्रहरीले सो  दुर्व्यवहारको भिडियो सार्वजनिक गरेको छ । 

पीडितकी  छोरी आइडा सिलिनले  दुर्व्यवहारको घटनाले आफूलाई विक्षिप्त बनाएको प्रतिक्रिया दिएकी छिन् । । सिड्नी प्रहरीले पौडेलमाथि घरेलु हिंसा र आपत्तिजनक हतियारको प्रयोगको आरोपमा मुद्दा चलाएको छ।
 उनलाई सशर्त जमानत दिइएको  र सेप्टेम्बर ११ तारिखमा म्यान्लीस्थित स्थानीय अदालतमा उपस्थित हुनुपर्नेछ ।


 

salt training

कमेन्ट गर्नुहोस्