०४ असार २०८३, बिहीबार

सिटी बसपार्क दशैं अगाडि नै सञ्चालनमा ल्याउने तयारी

सिटी बसपार्क दशैं अगाडि नै सञ्चालनमा ल्याउने तयारी
सन्दर्भ तस्वीर

सुर्खेत–वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरमा निर्माण भइरहेको सिटी बसपार्क दशैं अगाडि नै सञ्चालनमा आउने जनाएको छ । बसपार्कमा सटर, टर्मिनल भवन र कालोपत्रे गर्ने काम सकिएको नगरपालिकाले जानकारी दिएको छ । 

बसपार्कको काम अन्तिम चरणमा पुगेकाले अबको डेढ महिनाभित्र बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । २०७२ माघ १४ मा २०७४ जेठ १४ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपछि बसपार्क समयमा बन्न सकेको छैन । 

बसपार्क निर्माणका लागि चाङ्गिला जेभी निर्माण कम्पनीले ६ करोड ८२ लाख ७५ हजार ८ सय ८९ रुपैयाँमा निर्माण सम्झौता गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्