१३ असार २०८३, शनिबार

अमेरिकाको प्रसिद्ध वेब सिरिज हाउस अफ कार्ड्सको अन्तिम सीजनको दोस्रो टीजर सार्वजनिक

अमेरिकाको प्रसिद्ध वेब सिरिज हाउस अफ कार्ड्सको अन्तिम सीजनको दोस्रो टीजर सार्वजनिक

काठमाडौं — अमेरिकामा बनेको प्रसिद्ध वेब सिरिज हाउस अफ कार्ड्सको छैठौं तथा अन्तिम सीजनको दोस्रो टीजर बुधवार नेटफ्लिक्समा सार्वजनिक भएको छ ।

चौबीस सेकेन्ड लामो टीजरमा नौलो कुरा देखिएको छ । टीजरमा रोबिन राइट शोमा उनका पति बनेका फ्य्रांक अन्डरवूडको चिहानसँग कुरा गरिरहेकी देखिन्छिन् । 

यसबाट प्रस्ट थाहा हुन्छ, अन्तिम सीजनमा केभिन स्पेसीको फ्य्रांक पात्रलाई मारेर शोबाट बाहिर निकालिएको छ । 

कुल पाँच सीजन केभिन र रोबिनले सँगै काम गरेका थिए । मार्चमा आएको पहिलो टीजरमा क्लेयर अन्डरवूडलाई पहिलो महिला राष्ट्रपतिका रूपमा देखाइएको थियो । तर केभिनलाई शोबाट कसरी हटाउने भनी प्रस्ट पारिएको थिएन । 
माइकल डब्सको उपन्यासमा आधारित वेब सिरिजको अन्तिम सीजनको घोषणा नेटफ्लिक्सले अक्टोबर २०१७ मा गरेको थियो । शोको अन्तिम सीजन नोभेम्बर २०१८ मा सार्वजनिक गरिनेछ । 

अक्टोबर २०१७ मा अभिनेता एन्थोनी –यापले आफूमाथि केभिन स्पेसीले वर्षौंअघि यौन शोषण गरेको र त्यतिखेर आफ्नो उमेर जम्मा १४ वर्ष रहेको बताएका थिए । एन्थोनीको आरोपपछि अन्य १७ जनाले केभिनविरुद्ध उजरी दर्ता
गराएका थिए । 

प्रहरीले ती उजुरीको अनुसन्धान गरिरहेको छ ।

 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्