०७ साउन २०८३, बिहीबार

‘ईन्टु मिन्टु लण्डनमा’ बुझाउन विराटनगरमा आए कलाकार, असोज ५ गतेदेखि हलमा

‘ईन्टु मिन्टु लण्डनमा’ बुझाउन विराटनगरमा आए कलाकार, असोज ५ गतेदेखि हलमा

विराटनगर – डान्स कोरियोग्राफर रेनेशा बान्तवा राईले डेव्यू गरेको नेपाली कथानक चलचित्र ‘ईन्टु मिन्टु लण्डनमा’को टोली विराटनगरमा आइपुगेको छ ।

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई  प्रभू शम्शेर जवरा र प्रज्वल शम्शेर जवराले निर्माण गरेको फिल्म आगामी असोज ५ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।

‘ईन्टु मिन्टु लण्डनमा’को कलाकार सहितको टोलीले विराटनगरमा आएर पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज ५ गतेदेखि मुलुकभरका सिनेमा हलमा प्रर्दशनमा आउने जनाएको हो । पछिल्लो समय निकै नै चर्चाको शिखरमा पुगेर युवा वर्गले अत्याधिक रुचाइएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चर्चित युट्यूबर धिरज मगरको चलचित्रमा भूमिका रहेको छ । 

‘ईन्टु मिन्टु लण्डनमा’ चलचित्रमा माया, प्रेम र रोमान्सले भरिएको कथा देख्न सकिने चलचित्रकी निर्देशक रेनेशा सुनवारले जानकारी दिइन् । अन्य चलचित्रले फिल्मको लगानी बताउँदै आएको भएपनि  ‘ईन्टु मिन्टु लण्डनमा’ले भने लगानी बताउन चाहेन । फिल्मको लगानी फिल्म रिलिज भएपछि मात्र जानकारी गराइने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई लण्डन र नेपालका मनोरम भागमा छायांकन गरिनु चलचित्रको अर्को राम्रो पक्ष रहेको छ ।

फिल्ममा त्रिकोणात्मक भूमिकामा रहेको देख्न सकिन्छ । साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्राकारको पनि अभिनय गरेका छन् । दुई नायक र एक नायिकाबीच चलचित्रको वास्तविकता र मिठास भने आगामी असोज ५ गते नै हलबाट लिन सकिने निर्माण पक्षको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्