२९ असार २०८३, सोमबार

अध्यक्ष प्रचण्ड र भारतका गृहमन्त्री सिंहबीच भेटवार्ता

अध्यक्ष प्रचण्ड र भारतका गृहमन्त्री सिंहबीच भेटवार्ता

नयाँदिल्ली – भारत भ्रमणमा रहेका नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच शुक्रवार दिउँसो भेटवार्ता भएको छ ।

भेटमा नेपाल भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

अध्यक्ष प्रचण्डले शुक्रवार बिहान प्रवासी नेपालीसँग भएको छलफलमा प्रवासीले सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी घटना घट्न नदिने विश्वास दिलाए ।

कमेन्ट गर्नुहोस्