२५ जेठ २०८३, सोमबार

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने नौ स्काभेटर नियन्त्रणमा

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने नौ स्काभेटर नियन्त्रणमा
सा‌ंकेतिक तस्बिर

मेलम्ची– नदीमा अनाधिकृत रुपमा बालुवालगायत नदीजन्यपदार्थ उत्खनन गर्ने क्रममा इलाका प्रहरी कार्यालय, मेलम्चीले विभिन्न स्थानबाट साउनयता नौ स्काभेटर नियन्त्रणमा लिएको छ । 

नदीजन्य पदार्थ बोक्ने कार्यमा संलग्न १६ ट्रक, सात मिनी ट्रक र छ ट्रयाक्टर गरी ३८ सवारी साधन बरामद गरिएको इलाकाप्रहरी कार्यालय मेलम्चीले जनाएको छ । बरामद गरिएका सवारी साधनलाई सम्बन्धित निकायमा थप कारवाहीका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख परशुराम मल्लले जानकारी दिए ।

यस्तै मानिस लगाई इन्द्रावती नदीबाट बालुवा निकाल्न लगाउने एक जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप लिई आवश्यक कारवाहीसमेत भइरहेको प्रहरीले जनाएको छ । 

यही भदौ ५ गते मेलम्ची नगरपालिका–१२ स्थित पाल्चोकी क्रसरको इन्द्रावती नदीमा फेला परेको अनटेष्ट स्काभेटर र हेलम्बु गाउँपालिका–२ स्थित मेलम्चीमा फेला परेको वा ४ ख ५४२नम्बरको मिनीट्रक पनि कारवाही प्रक्रियामा रहेको मेलम्ची प्रहरीले जनाएको छ । सरकारले वर्षायाममा नदीजन्य पदार्थ उत्खनन् गर्न प्रतिबन्ध लगाए पनि विभिन्न स्थानमा चोरीछिपी स्काभेटर प्रयोग गरेर बालुवा निकाल्ने गिरोह सक्रिय हुँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्