०४ असार २०८३, बिहीबार

सम्पत्ति विवरण संकलन गर्दै दलहरू

भदौ २५, २०७५
सम्पत्ति विवरण संकलन गर्दै दलहरू

काठमाडौं । प्रमुख चार राजनीतिक दल सम्पत्ति विवरण संकलन गर्न तातेका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार ती दल सम्पत्ति विवरण संकलनमा जुटेका हुन् ।
राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले आफ्ना केन्द्रीय पदाधिकारी र सदस्यलाई सम्पति विवरण बुझाउन निर्देशन दिएका हुन् ।

ऐनअनुसार सबै राजनीतिक दलमा रहेका केन्द्रीय पदाधिकारी एवं सदस्यले आफ्नो चलअचल सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५३ को उपदफा १ मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चलअचल सम्पतिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयसमक्ष पेस गर्नुपर्नेछ ।

यसैगरी, दफा ५३ को उपदफा २ मा उपदफा १ बमोजिमको विवरण प्राप्त भएपछि त्यस्तो कार्यालयले अभिलेख राखी सम्पत्ति विवरण पेस गर्ने र नगर्ने पदाधिकारी, केन्द्रीय सदस्यको नाम विवरण पेस गर्नुपर्ने अवधि नाघेको एक महिनाभित्र प्रकाशन गर्ने उल्लेख छ ।

तर राजनीतिक दलसम्बन्धी ऐनबमोजिमका काम कुनै पनि दलका नेताले गरेका छैनन् । चारै राजनीतिक दलले पार्टीको केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको सम्पत्ति विवरण संकलन गरिरहेको जनाएका छन् । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्