०९ असार २०८३, मंगलबार

ठगी रोक्न मेनपावरमाथि थप कडाइ

भदौ २५, २०७५
ठगी रोक्न मेनपावरमाथि थप कडाइ

काठमाडौं–वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरू ठगिने क्रम नरोकिएपछि सरकारले म्यानपावर कम्पनीमाथि थप कडाइ गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।

वैदेशिक रोजगारीमा जाने र गएका युवा इजाजतवाला कम्पनीहरूबाट नै ठगिने गरेको गुनासो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्म नै आउन थालेपछि सरकारले थप कडाइ गरेको हो । विभागले इजाजतवाला कम्पनीलाई परिपत्र गरेर सुधारका कार्यक्रम ल्याउन निर्देशन दिएको छ । 
कानुनी रूपमा इजाजतपत्र लिएका कम्पनीले कानुनी छिद्र प्रयोग गरेर नै विभिन्न बहानामा कामदारलाई ठगी गर्ने गरेको गुनासो आएपछि विभागले ११ बुँदे निर्देशन दिँदै थप कडाइ गरेको हो । 
वैदेशिक रोजगार विभागका महानिर्देशक दीलिपकुमार चापागाईंले वैदेशिक रोजगारीसँग सम्बन्धित कम्पनीका अवान्छित कार्यहरूको विशेष कडाइका साथ अनुगमन र कानूनी दायरामा ल्याउन आवश्यक महशुस भइरहेको जनाउँदै परिपत्र जारी गरेको बताएका छन् । कारोबार दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्