
काठमाडौं – नेपालको पहिलो खेल सम्बन्धी च्यानल एक्सन स्पोर्टस् एचडीले देशभित्र र देश बाहिर भएका खेललाई समेट्दै हरेक नेपालीको घरमा पुर्याउँदै आएको छ ।
भर्खरै सम्पन्न भएको फिफा विश्वकपलाई समेत प्रत्यक्ष प्रशारण गरेको एक्सन स्पोर्टस्ले ‘नेपालीले खेल्छ, नेपालीले हेर्छ’ भन्ने नारासहित हाल भइरहेको साफ सुजुकी कप २०१८ लाई पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ ।
साफ कपमा नेपालले आफ्नो प्रदर्शनलाई निखारेको छ । जित्नैपर्ने अवस्थामा रहेको नेपालले बंगलादेश विरुद्धको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै उसकै घरेलु मैदानमा २–० को जित हात पारी सेमिफाइनलमा प्रवेश गरेको छ ।
दक्षिण एसियाका ७ राष्ट्र सहभागी प्रतियोगिता भदौ १९ देखि शुरू भई भदौ ३० गतेसम्म चल्ने छ ।
प्रतियोगिताका सबै खेल एक्सन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१ मा एचडी पिक्चर क्वालिटिमा हेर्न सकिने छ ।
ग्राहकको विश्वास र रुचि अनुसार भविष्यमा पनि नेपालभित्र र बाहिर हुने खेललाई प्रत्यक्ष प्रशारण गरिने कम्पनीले जनाएको छ । एचडी प्रविधि र क्लियर साउन्ड क्वालिटीमा प्रशारण गरिने खेल ग्राहकको पहिलो रोजाइमा परिरहेको कम्पनीले जनाएको छ ।