
सन्तान नभएका कारण समस्यामा परेकी एक महिला उपचारका क्रममा बलात्कृत भएकी छिन् ।
भारत गुजरातमा एक डाक्टरले आफूसँग उपचारका लागि आएकी महिलालाई बलात्कार गरेका हुन् । बलात्कृत महिलाले प्रहरीमा उजुरी दर्ता गराएपछि प्रहरीले ती डाक्टरलाई पक्राउ गरेको छ ।
गुजरातको चर्चित अस्पताल मी एण्ड मम्मीको घटना हो यो । सन्तान प्राप्तिका वा निशन्तानहरुको उपचारको लागि यो अस्पताल निकै चर्चित छ ।
यो अस्पतालमा निसन्तान महिला बच्चाको आशा गरेर जाने गरेका छन् । यो अस्पतालमा टेस्ट्युब बेबीको पनि व्यवस्था छ ।
सन्तानका चाहनामामा एक महिलाले यहाँका डाक्टर प्रफुल्ल दोषीसँग उपचार गराएकी थिइन् । उनको उपचार जारी नै थियो । लामो समयदेखि बच्चाको इच्छा राखेपनि ती महिला गर्भवती भएकी थिइनन् । त्यसपछि उनी उपचारका लागि अस्पताल पुगेकी थिइन् ।
पीडित महिलाले विगत ६ महिनादेखि अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनी आफ्ना पतीसँग अस्पताल जाने गरेकी थिइन् ।
गत ४ सेप्टेम्बरमा डाक्टरले पीडित महिलालाई फलोअपका लागि बोलाए । महिलाका अनुसार चेक अप गर्न भन्दै डाक्टरले भित्र लगे । यसपछि जाँच कक्षबाट नर्सहरुलाई बाहिर निकाले ।
महिलाका पति पनि जाँच कक्ष भन्दा बाहिर बसिरहेका थिए । तर उपचार गर्न गएकी महिलालाई डाक्टरले बलात्कार गरे ।
महिला चिच्याएपनि बाहिरसम्म आवाज पुग्ने अवस्था थिएन ।
महिलाले आफूमाथि बलात्कार भएको भन्दै तत्काल प्रहरीलाई खबर गरिन् । प्रहरी तत्कालै अस्पताल पनि पुग्यो तर तर डाक्टर प्रफुल्ल अस्पतालबाट भागिसकेका थिए ।
प्रहरीले उनलाई पक्राउ गर्ने सूचना जारी ग¥यो र उनी पक्राउ परे ।