
काठमाडौं– बलात्कार मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । झापाको सुरुङ्गा घर भएका ४२ वर्षीय नेत्र तिम्सिना पक्राउ परेका हुन् ।
तिम्सिनाले १५ असोज २०७० मा एक महिलालाई नशालु पदार्थ सुँघाएर बेहोस बनाइ बलात्कार गरेका थिए । जिल्ला अदालत झापाले तिम्सिनालाई दोषी ठहर गर्दै ५ वर्ष कैद सुनाएको थियो ।
पछि उच्च अदालत बिराटनगरले पनि जिल्लाको फैसलालाई सदर गर्दै तिम्सिनाविरुद्ध अन्तिम फैसला गरेको थियो । अदालतको फैसला छल्दै पहाडी जिल्लाका विकट क्षेत्रमा लुक्दै आएका तिम्सिनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको हो ।
पाँचथरबाट इलामतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ परेका तिम्सिनालाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय इलाम चलान गरिएको सिआईबीले जनाएको छ ।