०६ असार २०८३, शनिबार

चट्याङले १ जनाको मृत्यु

भदौ २६, २०७५
चट्याङले १ जनाको मृत्यु

सुर्खेत – जिल्लाको गुर्भाकोट नगरपालिका–१४ जुगेपानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।

स्थानीय ५० वर्षीय प्रेमबहादुर कामीको एकतले फुसले छाएको घरमा चट्याङ पर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गोठमा रहेका २ गाई, १ गोरु र एक कुकुर समेतको मृत्यु भएको र कामीकी पत्नी ४८ वर्षीय खगिसरा पुनको घाइते भई मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ । प्रहरी टोली घटनास्थलमा पुगेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्