
काठमाडौं–काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानबाट चार ठेला कब्जामा लिएको छ । सडक आवागमनमा असुविधा भएको भन्दै महानगरपालिकाले तीनपांग्रे र चारपांग्रे गरी चार सय ठेला कब्जामा लिएको हो ।
दोबाटो र चौबाटोको छेउकुनामा मालसामान बिक्री गर्न राखिएका ठेलाका कारण अनावश्यक जमघट भई वटुवा समेतलाई आवागमनमा असर परेपछि महानगरपालिकाले विभिन्न स्थानबाट ठेला नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका ठेला महानगरपालिकाको टेकूस्थित कार्यालय परिसरमा राखिएको छ । साँघुरा बाटा तथा गल्ली गल्छेडामा पनि ठेला पक्रन नगर प्रहरी खटाइएको छ । चटपटे, वरफ, रातोमाटो, गन्जीकट्टु र श्रृङ्गारका सामान बेच्नका लागि प्रयोगमा आउने गरेका ठेला समातिन थालेपछि आवागमन सहज अनुभव गरिएको छ ।