
काठमाडौं — ब्राजिलका एक उच्च सुरक्षायुक्त जेलबाट सय कैदी भागेका छन् । जोओ पेसोआस्थित यो जेलमा लगभग ६८० कैदी राखिएका थिए । कैदीहरू फरार हुनुअघि ठूलो विस्फोट गरिएको थियो ।
पूर्वोत्तर ब्राजिलको रोमु गोन्काल्वस एब्रेन्टिस जेलको मेन गेटलाई सोमवार बिहानै भारी हतियार बोकेका मानिसले उडाए । त्यसमा एक प्रहरीको मृत्यु भयो ।
बीसजना आक्रमणकारी चार वाहन चढेर आएको अधिकारीहरूले बताए ।
आक्रमणकारीहरूले सबभन्दा पहिले निगरानी टावरमा गोली हाने र जेलको मेन गेटलाई विस्फोट पदार्थले उडाए ।
गोली लागेका कारण घाइते एक प्रहरीको अस्पतालमा मृत्यु भयो ।
एजेन्सी