
कञ्चनपुर–पटकपटक टोली परिवर्तन भइरहेका छन् । तर, अनुसन्धान अपराधीनजिक पुग्न सकेको छैन । छानबिनमा फरक कोण राख्ने उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् ।
उनको निष्कर्ष आखिर के हो त भनेर प्रधानमन्त्री र गृहमन्त्रीले बोलाएर बुझ्न सक्थे । तर, केसी मंगलबार मन्त्रालय धाउँदा पनि गृहमन्त्रीले भेटसमेत दिएनन् ।
आजको नयाँ पत्रिका दैनिकका अनुसार ४८ दिनपछि अनुसन्धान शून्यमा झरेको छ । अभियुक्त भनिएका लीपसिंह विष्ट तथा बम दिदीबहिनी मंगलबार हिरा भएपछि अब के हुन्छ भन्ने चासो समेत उत्पन्न भएको छ ।