१२ असार २०८३, शुक्रबार

अमेरिकामा आयो भयानक तुफान, साउथ क्यारोलाइना र भर्जिनियामा संकटकाल

अमेरिकामा आयो भयानक तुफान, साउथ क्यारोलाइना र भर्जिनियामा संकटकाल

काठमाडौं — अमेरिकामा भयंकर तुफान फ्लोरेन्स क्यारोलाइना तटमा पुगेको छ । त्यसले गर्दा २२५ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलिरहेको छ र मुसलधारे पानी परिरहेको छ । 

तटीय क्षेत्रका मानिस घर छोडेर सुरक्षित स्थानमा गइरहेका छन् । 

पूर्वी तटमा ५४ लाखभन्दा बढी मानिसको घर छ । नर्थ क्यारोलाइनाका गभर्नर रोय कूपर सबैलाई घर छोडेर जनाका लागि फकाइरहेका छन् । 

भयंकर लहर उठेको र चर्को हावा चलेको देख्दा यो तुफान पहिलेको भन्दा खतरनाक रहेको उनले बताए । 

राष्ट्रपति डोनल्ड ट्रम्पले नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना र भर्जिनियाका लागि संकटकाल घोषणा गरेका छन् । संघीय सरकार फ्लोरेन्सका लागि पूरै तयार रहेको उनले बताए । 

फ्लोरेन्स आन्ध्र महासागरमा उठ्ने तुफानका तीन रूपमध्ये सबभन्दा खतरनाक हो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्