१५ असार २०८३, सोमबार

प्रतिव्यक्ति आय १७०० पु-याइने

भदौ २७, २०७५
प्रतिव्यक्ति आय १७०० पु-याइने

दमौली- गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तीन वर्षभित्र प्रतिव्यक्ति आय एक हजार ७०० अमेरिकी डलर पु¥याउने लक्ष्य प्रदेश सरकारको रहेको बताउनुभएको छ । 

तीजको अवसरमा म्याग्दे गाउँपालिका–२ स्थित न्यू भिजन युवा क्लबले आज जामुनेमा आयोजना गरेको तीज गीत प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गुरुङले पाँच वर्षभित्र प्रतिव्यक्ति आय दुई हजार ५०० डलर पुग्ने जिकिरसमेत गर्नुभयो । उहाँले दुई वर्षभित्र सबै गाउँमा खानेपानी र सबै घरधुरीमा विद्युत् पु¥याइनेसमेत बताउनुभयो । 

प्रदेश सरकारले भाषा र संस्कृति उत्थानका लागि पर्याप्त बजेट विनियोजन गरेको जानकारी दिँदै मन्त्री गुरुङले गण्डकी प्रदेशलाई पर्यटकीय राजधानीका रुपमा विकास गरी पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्