१७ असार २०८३, बुधबार

कृषि सामाग्री कम्पनीको गोदाममा ट्रकले किच्दा एककाे मृत्यु

कृषि सामाग्री कम्पनीको गोदाममा ट्रकले किच्दा एककाे मृत्यु

विराटनगर- कृषि सामाग्री कम्पनी लिमिटेडको विराटनगरस्थित गोदाममा ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज दिउँसो ना५ख ५८८८ नंको ट्रकले आफ्नै सहचालकलाई सामान झार्ने गर्ने क्रममा ठक्कर दिँदा ज्यान गएको जनाएको छ । 

बाहिरबाट ल्याइएको सामाग्री गोदाममा झार्नुभन्दा पहिला गाडीलाई मिलाउने क्रममा थर खुल्न नसकेका करीब २२ वर्षीया प्रज्वलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता निशान थापाले जानकारी दिनुभयो । प्रहरीले ट्रकका चालक काभ्रे ज्याम्दी गाउँपालिका–३६ वर्षीय विनोद साहीलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्