१० साउन २०८३, आइतबार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा चार जनाको दाबी

निर्माण व्यवसायी महासंघको अध्यक्षमा चार जनाको दाबी

काठमाडौं–निर्माण व्यवसायीको साझा सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वका लागि चारजनाले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । बुधबार भएको पत्रकार सम्मेलनमा महासङ्घको अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै सल्लाहकार यक्षध्वज कार्कीले निर्माण व्यवसायलाई मर्यादित र सुदृढ बनाउन आफूले उम्मेदवारी दिने बताए ।

महासङ्घका महासचिव रामशरण देउजाले निर्माण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने आफ्नो योजना कार्यान्वयनका लागि आफूले अध्यक्षमा उम्मेवारी दिने बताए । अध्यक्षका अर्का दाबेदार हुमनाथ कोइरालाले निर्माण व्यवसायीका साझा कार्यसूचीलाई प्रभावकारीरूपमा लागू गर्न आफूले उम्मेदवारी दिने बताए । 

अघिल्लो महाधिवेशनमा अध्यक्षमा पराजीत रवी सिंहले निर्माण व्यवसायमा विगतदेखि नै आफ्नो स्वच्छ छवि भएको दाबी गर्दै निर्माण व्यवसायमा कुनै प्रकारको राजनीति हुन नदिने बताए । महासङ्घमा करीब १२ हजार निर्माण व्यवसायी आबद्ध रहेका छन् । महासङ्घको २०औँ अधिवेशन आगामी असोज ४ देखि ६ गतेसम्म राजधानीमा हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्