१३ असार २०८३, शनिबार

अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा मृत्यु हुनेको संख्या ६८ पुग्यो

अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा मृत्यु हुनेको संख्या ६८ पुग्यो

काठमाडौं– पाकिस्तानसँगै जोडिएको पूर्वी अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार नान्गरहार प्रान्तमा आत्मघाती आक्रमणकारीले स्थानीय प्रहरी प्रमुखको विरोध गरिरहेका मानिसहरूको समूहलाई निशाना बनाएको छ ।

मङ्गलवार भएको सो आक्रमणमा मृत्यु भएकाहरूको सङ्ख्या बढेर ६८ पुगेको हो । १६५ जना घाइतेलाई स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । अफगानिस्तानमा केही समययता गरिएका आक्रमणहरूमा सयौँ जनाको मृत्यु भएको छ । 

त्यहाँ आउँदो अक्टुबर महिनामा निर्वाचन गरिँदैछ । मङ्गलवार गरिएको आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्