
इलाम–इलाम जिल्लाको इलाम माई नगरपालिका– ९ लोदिया खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । खोलाले वगाएर इलाम माई नगरपालिका–९ स्थित कालीखोप बस्ने ८४ वर्षीय सूर्यबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
बजार जान्छु भनि घरबाट निस्केका राई साँझसम्म पनि घर फर्केर नआएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । खोलाले बगाएर बेपत्ता बनाएको भन्ने जानकारी पाउना साथ तत्काल प्रहरी चौकी चिसपानीबाट गएको प्रहरी टोलीले गएराती १२ बजे राईको शव लोदिया खोलाको किनारमा फेला पारेको थियो ।
शव पोस्टमार्टमको लागि मेची अञ्चल अस्पताल झापाको भद्रपुर पठाइएको इलाम प्रहरीले जनाएको छ ।