
काठमाडौं — साउदी अरबको राजधानी रियादमा पाँच महिलाहरूको लडाईंको भिडियो अहिले खुबै चर्चामा छ ।
भिडियोमा एक महिलाको हातमा बच्चा पनि छ तर अन्य महिलासँग झगडा गर्ने सुरमा उनी बच्चलाई बारम्बार भुइँमा खसाउँछिन् ।
महिलाहरूबीच के विषयमा झगडा भएको थियो, प्रस्ट छैन । बाटोमा गुडिरहेको कारमा बसेका मानिसले यसको भिडियो बनाएका थिए ।
झगडाको सुरमा आमाको हातबाट बच्चा झर्छ र उनी बच्चालाई उठाउँछिन् । अनि फेरि झगडा गर्ने सुरमा बच्चा लड्छ र आमा अर्की महिलालाई पिट्न थाल्छिन् ।
एजेन्सी