०९ असार २०८३, मंगलबार

ट्रक दुर्घटनामा परी २० जनाको मृत्यु

भदौ २८, २०७५
ट्रक दुर्घटनामा परी २० जनाको मृत्यु

बामाको– गाँउबाट यात्रु लिएर आएको एउटा ट्रक दुर्घटना हुँदा मालीमा कम्तीमा २० जनाको मृत्यु भएको छ । 

मालीको मध्यभागतिर ट्रकभरी स्थानीय नागरिकलाई बोकेर ट्रक गइरहेका बेला नदीमा खसेर दुर्घटना भएको स्थानीय सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । ट्रकमा ८० जनाभन्दा बढी स्थानीय रहेको दुर्घटनामा बाँच्न सफल एक यात्रुले बताए । 

प्रहरीको प्रारम्भिक विवरणले ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको देखाएको छ । स्थानीय समय अनुसार सोमबार राति साये क्षेत्रको मध्य भागमा दुर्घटना भएको हो । 

“दुर्घटनामा परेका मध्ये ६३ जनाको उद्धार गरिएको छ भने अरूको खोजी कार्य भइरहेको छ,” सरकारी पक्षले जारी गरेको एक वक्तव्यमा लेखिएको छ । 

मालीमा सडक र सवारी साधनको खराब अवस्थाका कारण बेला बेलामा धेरै मानवीय क्षति हुने यस्ता दुर्घटना हुने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्